बाैद्व जोरपाटी । बुद्धलिङ मिडिया हाउसको प्रस्तुति रहेको “२२ तले धरहरा” गीतका म्युजिक भिडियो साउन १५ गते शुक्रबार बाैद्व जोरपाटीमा एक विशेष कार्यक्रमको आयोजना गरि बजारमा सार्वजनिक भएको छ।

तामाङ चलचित्र क्षेत्रमा निकै चर्चित निर्देशक तथा नायक अमिर दोङको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो विमोचन गरेको हो।

विशाल दोङ र धिराज लोप्चनको शब्दमा संगीत च्वायस दोङ रहेको छ।भने गीतमा च्वायस दोङ र रञ्जिता घिसिङको अावाज रहेका छन् ।गीतको एरेञ्ज जोगलाल लामाले गरेको हो भने मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

उक्त गीतको म्युजिक भिडियोमा मोडल युद्ध लामा (ब्लोन) र पुष्पाञ्जली लोप्चनले अभिनय गरेका हुन् ।

भिडियो निर्देशन तथा कोरियाग्राफी मोडल युद्ध लामा( ब्लोन) ले गरेको भिडियोको छायांकन, इडिट र कलर सुमन तामाङले गरेको थियो ।

कार्यक्रममा विशेष अतिथि दिपेस प्रधान,अतिथि नायक ऋतुराज पाख्रिन, नायक टुल्साङ मोक्तान गायक तथा संगीतकार सानुबाबु घिसिङ, गायक कोशिश थोकर लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।भने निर्देशक तथा मोडल युद्ध तामाङ( ब्लोन)को संयोजकत्वमा भएको कार्यक्रम पत्रकार छुडुप लामा दोङले सञ्चालन गरेका थिए।उक्त भिडियोलाई बुद्धलिङ मिडियाको युुुुट्युुुबको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस् ।

Comments

comments