बाैद्व जोरपाटी । चर्चित लोकप्रिय गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा रहेको “हल्का हल्का” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियोलाई सांगीतिक बजारमा ल्याएको हो।

वरिष्ठ गीतकार मिनसागर लामाको रचनामा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको सङ्गीत रहेको छ ।
भिडियोमा निर्देशक तथा मोडल हेरुका लामाको निर्देशन तथा कोरियोग्राफ्रीमा निर्माण गरेको भिडियोमा मोडल सबु गोले, बसन्ती लामा ब्लोन र संजय थापाले अभिनय गरेका छन् ।

भने अतिथि कलाकारको रुपमा निर्देशकद्वय हेरुका लामा र राजु दोङ तामाङको भुडियोमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको देख्न सकिन्छ।

रेबन्ट विक्रम थापाले छायांकन गरेको भिडियोलाई राजु तामाङ दोङले ईडिट र कलर गरेका थिए।

सोमबार सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिको नेपाल चलचित्र द्वन्द कलाकार संघ तथा नेपाल ब्यायम मन्दिरका अध्यक्ष नारायण प्रधान र नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवं गायक तथा संगीतकार सन्जिव वाईबा विशेष अतिथिको रुपमा उपस्थित थिए भने अतिथिको रुपमा नेपाल तामाङ कलाकार संघका बरिस्ठ उपाध्यक्ष विश्व दोङ,तामाङ सुपर स्टार डम्फू मिडियाका संचालक एवं नायक तथा निर्देशक अमिर दोङ, नेपाल तामाङ कलाकार संघका कोषाध्यक्ष सुबास मोक्तान, नायक सन्दिप स्याङ्तान, नायिका चाँदनी मोक्तान लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रम निर्देशक हेरुका लामाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम पत्रकार छेडुप तामाङले सञ्चालन गरेको थियोे ।

उक्त म्युजिक भिडियोलाई हेरुका लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुस् ।

Comments

comments