भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल तथा युुथफोर्स नेपाल सुनापति गाउँपालिका स्तरिय अग्रता कार्यकर्ता भेला कमिटी घोषणा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ।साथै कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुति समेत राखेका थिए।

राष्ट्रिय युवा संघ नेपाल सुनापती गाउँपालिका कमिटीका अगुवा कार्यकर्ता भेला नेकपा एमाले केन्द्रिय सदस्य एवं रामेछाप इन्चार्ज, बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा सुर्यविनायक भक्तपुरमा सम्पन्न भएको हो।

उक्त भेलाबाट नरमान तामाङ (रगत ) को संयोजकत्वमा ६१ जना कार्यसमिति गठन भएको छ। भने राजु केसी को संयोजकमा ४५ युथ फोर्स नेपाल सुनापती पालिका कमिटी गठन गरेका छन् ।

युवा देशको खम्बा हो।जहाँ अन्याय हुन्छ त्यहाँ युवा संघ हुन्छ ।जब देश र समाजलाई समस्य परेको बेला युवा संग र युथफोर्स अगाडि बढ्ने,साथै युवाहरुको तागतलाई दुनियाँको कुनै पनि शक्तिले परास्त गर्न नसकिने भन्दै युवाहरु एक हुनुपर्ने जरुरी भएको युवा संघका अध्यक्ष नरमान तामाङ (रगत)ले बताए।

भेलालाई सम्बोधन गर्दै कार्यक्रम प्रमुख अतिथि ,नेकपा एमाले रामेछापका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले युवा संघ र युथफोर्सलाई जनताको बीचमा गएर जनताको काम गर्न निर्देशन दिएको थिए।

उक्त कार्यक्रममा विशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष एवं युथ फोर्स बिभाग उपप्रमुख पुष्पराज श्रेष्ठको विशेष अतिथी द्वय नेकपा एमाले केन्द्रिय सदस्य एवं सहकारी बिभाग प्रमुख कमल प्रसाद चौलागाईं, नेकपा एमाले केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदको उपाध्यक्ष माधव ढुङ्गेल,नेकपा एमाले जिल्ला कमिटी रामेछापको अध्यक्ष आनन्द श्रेष्ठ ,सचिब पुरुषोत्तम कडरिया लगायतका अन्य अतिथीहरुको उपस्थिति भएको थिए।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं नेकपा एमाले रामेछाप जिल्ला कमिटि सदस्य रविन्स् लामाले गरेका थिए।

नरमान तामाङ(रगत) सभापतित्वमा भएको कार्यक्रम
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य रविन्स् लामाले सञ्चालन गरेका थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।