काठमाडौं । गीत संगीतमा लामो समय देखी निरन्तर लागि परेका गायक तथा संगीतकार श्री तामाङको “सुनकोशी खोलाको किनारमा” बोलको खान्दोके सेलो गीत आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
नेपाली दोहोरी देखी सेलो समेत गाइसकेका तामाङले सिन्धुपाल्चोक सेरोफेरोमा प्रचलित मौलिक खान्दोके भाकालाई हाल सम्म ३ भाग गरी सार्वजनिक गरिएको छ भने यो खान्दोके भाकामा तेस्रो कोसेली हो ।
तामाङकै शब्द र संगीत रहेको यस गीतलाई पवन वाङ लामाले संगीत संयोजन गरेका हुन भने गीतमा स्वयम श्री तामाङ र सुमधुर स्वरकी धनी गायिका जमुना गोलेको स्वर रहेको छ ।
सो गीतमा तामाङ टेली सिरियल आबा ङाछाबाट चर्चा बटुलन सफल भएका हास्यकलाकारहरु फुलमान स्याङतान (सिक्टी), सुस्मिता घलान (खेलाडी), सुरेन्द्र तामाङ (कोल्टेङ) साथमा इरमान तामाङ (बोस) र अस्मिता घलानको पनि जोडदार अभिनय रहेको छ । यस गीतको छायाङकन,सम्पादन र निर्देशन जयन कुमार मोक्तानले गरेका हुन भने दिपक गुरुङले मेकअप गरेका छन ।
अपरिचित युवालाई युवतीको यौवनको लालच देखाइ उच्छ्रिङखल बेरोजगार युवाहरुले फसाएको कथाबस्तुलाई उजागर गर्दै प्रस्तुत गरिएको सो गीत साउन २३ गते शनिबारको दिन मायाला सन्देश याङलाकोट युटुबबाट सार्वजनिक गरिएको जानकारी निर्देशक जयन कुमार मोक्तान मार्फत प्राप्त भएको छ । भिडियो हेर्नको लागि तलको लिङकमा क्लिक गर्नुहोला ।
भिडियो हेर्नुस्

























