काठमाडौं । उठनु पर्छ उठाउनु पर्छ,हामी तामाङ एक हुनुपर्छ
धर्म कर्म रितीरिवाज जोगाउन,हामी सबैजुट्नु पर्छ ।
नजुटी हुन्न नमिली हुन्न याङला रिमठिम ,जोगाउन
(तामाङ भनीचिनाउन ) तामाङ एकताको गीत र तामाङको भाषा,धर्म,संस्कार र संस्कृति संरक्षण गराैं भन्ने एक ऐतिहासिक सन्देश मुलुक अर्थात् तामाङहरुको मार्गदर्शन बोकेको निकै मार्मिक गीतको सृजना गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ ।

मुख्यत तामाङ जातीको गीत र सांगीतिक मध्यमबाट तामाङहरुको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत फेेरि  एक पटक तामाङहरु एकजुुट हुुन जोड दिएको छ।

पूर्व पश्चिम उतर दक्षिण, जहाँ बसेनी तमाङ एउटै
सान्तीको दुत बिस्वले मान्ने, बुद्धतहो हाम्रो देउतै
मिल्नु पर्छ मिलाउनु पर्छ हामी तमाङ एक हुनु पर्छ ।
भन्ने जस्ता शब्दहरु चयन गरेको छन् ।

श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन्।

चर्चित गायिका निर्मला घिसिङ र तामाङ सेलो क्षेत्रमा निकै चर्चित गायक फुल कुमार बमजनको सुमधुर आवाज रहेका छन् ।

पवन वाङ लामाको एरेन्ज रहेको उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो भने एकान्त मगरले भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।

विगत लामो समयदेखि अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र सामाजिक सेवाका कार्यहरुमा सकृय गीतकार तामाङको यस अघि नै गाउँबेसीमा फुलै फुल्यो, अन्जानमै माया बस्ला है, आफ्नै छायाले आदि गीतहरु चर्चित छन् । उनका विभिन्न एकल सांगीतिक एल्बमहरु तथा गीत, कविता र मुक्तक संग्रहहरु प्रकाशित छन् ।

Comments

comments