भक्तपुर । गोन्बो मिडिया प्रोडुक्सनको प्रस्तुति रहेको गीतमा वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको “किन गरिस दैब,मेरो मायाभित्र तैंले घात” भन्ने बोलको गीत बजारमा सार्वजनिक भएको छ।

उक्त म्युजिक भिडियोमा मोडल हिरा लामा (जिकज्याक) र याङगी दोङले निकै सशक्त अभिनयको भुमिका निर्वाह गरेका छन् ।

कोमल शब्द दाहाल को रचना जोगलाल लामाको संगीत रहेको यस गीतको एरेञ्ज नोर्वु शेर्पाले गरेको गीतको अडियोको मिक्सिङ दिपेस प्रधानले गरेको हो।

सुनिल मोक्तानको निर्देशन र इडिटमा तयार भएको भिडियोको छायांकन जीवन वाईवाले गरेको हो।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।