भक्तपुर ।गीत सांगीतिक क्षेत्रमा  आफ्नो  बेग्लै पहिचान बनाउने युवा गायक जेवि जिम्वाको “सिंगल हो कि डवल” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजेन्द्र लामा(दोर्जे)को रचनामा युवा गायक जेवि जिम्वाको संगीत रहेको गीतमा गायक जेवि जिम्वा र चर्चित गायक जितु लोप्चनको सुमधुर आवाज रहेको छ।

देव दोर्जे तामाङले निर्देशितमा तयार पारेको उक्त म्युजिक भिडियोमा मोडल सुरज लामा र ल्हामीन थिङले अभिनय गरेका छन् ।भने विक्रम मोक्तानले छायांकन गरेको हो।

रामेछाप सुनपती हिलेदेवीबाट मोड्लिङ क्षेत्रमा प्रवेश गरेकी मोडल ल्हामीन थिङले अभिनय गरेको म्युजिक भिडियो यो दोस्रो म्युजिक भिडियो हो।

भिडियोको सम्पादक सुरज लामाले गरेको गीतमा कोरियाग्राफर निमबाबु तामाङले गरेको थिए।कलर रेनिस पाँगोद्वारा गरेका थिए।गीतको एरेञ्ज जोग लाल लामाले गरेको गीतमा दिपेस प्रधानले मिक्सिङ गरेको थियो।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाबाट सांगीतिक दुनियाँमा उदयभएको युवा गायक जेवि जिम्बाको निकै चर्चामा रहेको गीतहरु खेल्छौ फेसबुक टिकटक -१,टिकटक मै देखे सार्है ब्युउटी टिकटक-२, खन्दोके भाका तामाङ सेलो जस्ता थुप्रै तामाङ गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् ।

भिडियो हेर्नुस्।

Comments

comments