तामाङ आधुनिक गीत मायाला कसम” को म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त भिडियो हेदै गर्दा केही दर्शकहरुको आखा रसाएको थिए।
माया के हो? ममता के हो? स्नेह के हो?भन्ने कुरा यस भिडियोबाट बुझ्न सकिनेछ ।चर्चित नायक तथा निर्देशक अमिर दोङ र नव मोडल मिङमार लामा बीच गहिरो सम्बन्ध भएको पाईन्छ ।यो भन्ने यथार्थ नभए भिडियोमा मात्र हो।
आफ्नो प्रेम सम्बन्धमा एकअर्कामा खाएको कसम आफ्नो ईच्छा, आकांक्षा पूरा गर्ने बाचा खाएको थियोे ।भने जुन ईच्छा, आकांक्षा पुरा गर्न नभई माया गर्ने संसारबाट सदाको लागि छोडेर गएको दृश्यले दर्शकहरुलाई निकै भाबुक बनाएको थिए।
उक्त म्युजिक भिडियोलाई तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवाको प्रमुख अातिथ्यतमा बौद्ध नयाँवस्ती पाट्टिटारस्थित बर्गर हाउसमा एक कार्यक्रमका विशेष आयोजना गरि उक्त म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका हुन् ।
चलचित्र क्षेत्रमा निकै चर्चाको शिखरमा रहेको चर्चित नायक तथा निर्देशक अमर दोङ र नव मोडल मिङमार लामाले म्युजिक भिडियोमा मुख्य अभिनयको भुमिका निर्वाह गरेका छन् ।भने उक्त भिडियोलाई स्वयम् अमिर दोङद्वारा नै निर्देशित गरेको हो।
तामाङ समुदायमा निकै लोकप्रिय गायक संगीतकार विशाल काल्तनको शब्द,संगीत रहेको गीतमा संगीतकार तथा गायक स्वयम् र जितु लोप्चनको सुमधुर आवाज रहेको छन् ।
हाल निकै चर्चामा रहेको गायक उर्गेन लामाले एरेञ्ज गरेको गीतको मिक्सिङ दिपेस प्रधानले गरेका छन् ।सुमन लामाले छायांकन गरेको भिडियोमा ड्रोन क्याप्टेन भने रोनिश तामाङ रहेको थियोे ।भने भिडियोको कथा,ईडिट कलर राजु लामाले गरेका थिए।
विशेष अतिथि तामाङ कलाकार संघका महासचिव विशाल काल्तन,माउन्टेन एभरेष्ट होम फेसनकी अध्यक्ष तथा नायिका रञ्जिता ब्लोन, रहेको कार्यक्रममा अतिथिहरु तामाङ कलाकार संघका कोषाध्यक्ष सुवास मोक्तान,गायक अनिल वाईवा,चर्चित गायिका जितु लोप्चन,गायक तथा संगीतकार उर्गेन दोङ, चर्चित नायक सञ्जिव स्याङतान, नायक टुल्साङ मोक्तान,नायिका निसा ग्लान,कलाकार तथा निर्देशक हेरुका लामा,मोडल साबु गोले,बसन्ती ब्लोन लगायतका कलाकार र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।
भिडियोलाई डम्फू मिडिया हाउसको युट्यव च्यानलबाट सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























