dav

बाैद्व । गायक संजय लामाको “ज्यान मैच्याङ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा बाैद्व जोरपाटीमा एक पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो।

तामाङ समुदायमा निकै लोकप्रिय गायक तथा संगीतकार बिश्व दोङको शब्द,संगीत रहेको गीतमा गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वर रहेको छन् ।

Vine Bhimphedi Crew का मिथुन बिजि र बिसन लामाले निर्देशन गरेका भिडियोमा कलाकारहरु मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, मोडल याङ्गी दोङ मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हो भने भिडियोको सम्पादन, कलर संयोजन जिग्मे मिडियाका सुर्य लामाले गरेको हो।

उक्त म्युजिक भिडियोलाई जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको छ।

कार्यक्रमका विशेष अतिथिको सिन्धुपाल्चोक जिल्ला पाँच पोखरी थाङपाल गाउँ पालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारि र बरिष्ठ गायक प्रेम लोप्चन लगायतका विभिन्न संघ,संस्थाको प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेको थियोे ।
भिडियो हेर्नुस्।

Comments

comments