dav

बाैद्व। तामाङ समुदायमा निकै लोकप्रिय गायक तथा संगीतकार विश्व दोङ र नव गायिका तबु वाइवाको सुमधुर आवाजमा रहेको “मनको डेरा र चोलि त राम्रो” बोलको दुईवटा गीत म्युजिक सार्वजनिक भएको छ। भने अर्को “चोलि त राम्रो”गीतलाई अर्को साता बजारमा ल्याउने भएका छन् ।

राजु तामाङले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई तामाङ कलाकार संघको संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रम तथा पत्रकार सम्मेलनको आयोजना गरि बाैद्व जोरपाटी काठमाडौंबाट बजारमा सार्वजनिक गरिएको हो।

१६ वर्षकी कलिलो उमेरमै सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेकी नव गायिका तबु वाईवा भर्खरै कक्षा ९ मा अध्यनरत छिन् ।भने गायन क्षेत्रमा मात्र नभए मोड्लिङ क्षेत्रमा पनि उत्तिकै सम्भावना रहेको देखिन्छ ।गायिका तमु वाइवाको सांगीतिक यात्रा भने पहिलोपल्ट प्रवेश गरेकी हुन् ।

शब्द,संगीत र एरेञ्ज लोकप्रिय गायक तथा संगीतकार बिश्व दोङको रहेको गीतमा अभिनयमा पनि स्वयम् गायक तथा संगीतकार विश्व दोङ र गायिका तबु वाइवा र अशोक तामाङले सशक्त भुमिका निर्वाह गरेका छन् ।भने उक्त गीतको अडियो मिक्सङ दिपेस प्रधानले गरेको थियोे ।

मोडल तथा निर्देशक अभि लामाले निर्देशित गरेका भिडियोलाई फरज अर्पणले छायांकन गरेको हो।भने ड्रोन क्याप्टेन सौगात धिताल रहेका छन् ।

उक्त कार्यक्रममा विशेष अतिथि तामाङ कलाकार संघको संस्थापक उपाध्यक्ष तथा वरिष्ठ गायक रोज मोक्तान , चर्चित गायक प्रेम लोप्चन, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा,अतिथि गायक सुवास मोक्तान, शशिकला मोक्तान नायिका चाँदनी मोक्तान गायिका निर्मला घिसिङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।

यस म्युजिक भिडियो “मनको डेरा”लाई गायक तथा संगीतकार विश्व दोङको अफिसियल युटुब च्यानलमार्फत पनि अपलोड गरिएको छ।

भिडियो हेर्नुस् ।

Comments

comments