mde

बाैद्व। समाजसेवी तथा युवा मोडल साजन मोक्तान, मोडल मियु तामाङ र सम्झना थिङले अभिनित गरेको “नत आप्पाको डर”बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।

तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष तथा चर्चित गायक रोज मोक्तानको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम तथा पत्रकार सम्मेलन गरि होटल याङरिमा हिल सिटि जोरपाटी बाैद्वबाट
शुक्रबार बजारमा ल्याएको हो।

गीतकार कुमार स्याङबाको शब्दमा अनिस योञ्जनले संगीत भरेका गीतमा सन्तोष लामाले स्वर रहेको छन्। गीतलाई एरेन्ज/मिक्सिङ कृष्ण लामिछानेले गरेको हो।

युवा निर्देशक युद्व लामाको निर्देशन रहेको भिडियोलाई क्यामेरा,ड्रोन सबिन भट्टराईले छायांकन गरेका थिए।
ईडिटको काम सन्तोष गोलेले गरेका छन भने कलर सुमन तामाङको रहेको छ।

कार्यक्रममा विशेष अतिथि तामाङ चलचित्र क्षेत्रमा व्यस्त चर्चित नायक तथा निर्देशक अमिर दोङ, मिसन समृद्ध नेपालका महासचिव मिलन दोङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।

भिडियो हेर्नुस् ।

Comments

comments