भक्तपुर । युवा उदयमान गायक तथा संगीतकार विहिन दोङको “अर्काल लसी आपिन माया”गीतको छायांकन सकिएको छ।

ह्याङला टिभीको सांगीतिक प्रस्तुतिमा निर्माण गरेको म्युजिक भिडियोमा चर्चित मोडल निरञ्जली तामाङ र सुरेस लामाले मुख्य भुमिका निर्वाह गरेको छ।

गीतले भनेको छ आफ्नो प्रियलाई माया कुनै अनुमान गरेर दिद‌ैन, बरु मलाई नपुगोस् माया, तिमीलाई यो जनीक‍ो अन्तिम प्रणसम्म दिने कठोरता देखाएको छ ।जब सम्म म रहन्छ तबसम्म यो मायाको कुनै कमी हुन दिदैन भनेर एकअर्कामा बाचा खाएको छ।

यस् गीतलाई विशेष गरि माया गर्ने जोडीहरुले एकपटक हेर्ने पर्ने निर्माण पक्षले बताएका छन् ।

पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङको शब्दमा गायक विहिन दोङले।संगीत भरेका गीतमा विहिन दोङ र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज रहेका छन् ।

चर्चित निर्देशक अजय स्याङतानद्वारा निर्देशित म्युजिक भिडियोलाई भिम स्याङबोले छायांकन गरेको हो। भने गीतको एरेञ्ज वाङचु फ्युवाले गरेका थिए।

भिडियो छायांकन भक्तपुर र काभ्रेको संगम स्थल रानीकोटको रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ ।
भिडियोलाई अब चाडैं बजारमा ल्याउने निर्माण पक्षले बताएको छ।

Comments

comments