तेमाल फुटबल क्लबले काभ्रेको तेमाल गाउँपालिकामा वडा स्तरिय फुटबल प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ । हिन्दुहरुका महान चाड बडा दशैंको उपलक्ष्यमा तेमाल गाउँपालिकाका सबै वडाहरुलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष रोशन तामाङले जानकारी दिए ।

‘खेलकुद विकासमा तेमालको नेतृत्व’ भन्ने उद्देश्यका साथ आयोजना गरेको प्रतियोगितामा आकर्षक पुरस्कारको समेत व्यवस्था गरेको क्लबका अध्यक्ष तामाङले जानकारी दिए । प्रतियोगिता असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. एक लाख, ट्रफि, मेडल र प्रमाण पत्र, द्वितिय पुरस्कार रु. ५० हजार, ट्रफि, मेडल र प्रमाण–पत्र, वेष्ट प्लेयर रु. ५ हजार, मेडल र प्रमाण पत्र, वेष्ट किपर रु. ५ हजार, मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता रु. ५ हजार,मेडल र प्रमाणपत्रको व्यवस्था गरेको उनले बताए ।

त्यसैगरी टिम दर्ता असोज १५ गतेदेखि २८ गतसम्मको समय सिमा तोकिएको आयोजकले जानकारी दिएको छ । सो प्रतियोगिताको लागि टीमदर्ता शुल्क रु. १० हजार र डिपोजिट २ हजार तोएिको छ ।

Comments

comments