सुनिता दोङ तामाङ
रोजगारको सिलसिलमा इराकमा रहेको नेपालीहरुले मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ । विजय दशमी तथा शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक इन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त मनोरञ्जनात्मक कार्यक्रम १५ अक्टोबर शुक्रबारका दिन ओस्कार हल सर्चिनार, सुलेमानीमा हुने संयोजक श्रेष्ठले बताए । कार्यक्रम स्थल जानका लागि सुलेमानी स्थित नेपाली भेटघाट पार्कबाट निःशुल्क बसको व्यवस्था गरिएको छ ।
विहान १० बजेदेखि शुरु हुने सो कार्यक्रममा सहभागी हुनका लागि आयोजकले आव्हान समेत गरेको छ ।

Comments

comments