काभ्रेको तेमाल गाउँपालिकामा भएको काठका सबै विजुलीको पोलहरु विस्थापित गर्ने क्रम जारी रहेको छ । तिमाल सामुदायिक ग्रामीण बिधुतीकरण सहकारी संस्था लिमिटेडले काठको पोल विस्थापित गर्दै फलामको पोल राख्ने काम शुरुवात गरेको छ ।
विद्युतिय दुर्घटनाको उच्च जोखिममा रहेको तेमालबासीलाई सुरक्षित गर्न काठको पोल विस्थापित गर्न लागेको संस्थाका अध्यक्ष सार्कीमान तामाङले जानकारी दिए । तेमाल क्षेत्रमा अत्यन्तै जिर्ण अवस्थामा रहेका काठको पोलको कारण तेमालवासीले धेरै सास्ती र क्षति समेत व्यहोर्दै आएकोमा अब दुर्घट्ना न्यूनिकरण हुँदै जाने अध्यक्ष तामाङको विस्वास छ ।
कोभिड महामारी लगायत अन्य बिबिध प्राबिधिक कठिनाइका कारणले गर्दा पोल राख्न गाह्रो भएको थियो । दुईचरणमा काठको पोल विस्थापित गर्ने योजना अनुसार मंगलबार पहिलो चरणको कार्य शुरुवात भएको तामाङले जानकारी दिए । पहिलो चरणमा १९ सय ४४ वटा फलामे पोलको काम शुरूवात भएको उनले बताए ।
यसैबीच दोस्रो चरणको लागि ने.बि. प्राधिकरण सामुदायिक ग्रामीण बिधुतिकरण बिभाग काठमाडौसँग संझौता भएको छ । मंगलबार भएको संझौता अनुसार २३ सय ६१ वाट फलामे पोल स्थापना गरिने छ ।
यो कार्यक्रम कार्यन्वयन सम्पन्न हुँदा तेमाल गाउँपालिका पुर्ण रूपमा काठको पोल मुक्त हुनेछ ।
समुदायले व्यहोर्नुपर्ने रकम सांसदद्वय तामाङ र ढकालद्वारा व्यवस्था
यसैबीच सो पोलको लागि समुदायबाट व्यहोर्नुपर्ने १ प्रतिशत रकम संघीय सांसद गंगाबहादुर तामाङ र प्रदेश सांसद रत्न ढकालले व्यवस्था गरेको छ । सांसद विकास कोषबाट सांसदद्वय तामाङ र ढकालले व्यवस्था गरेको हो ।
संस्थाका अध्यक्ष तामाङका अनुसार सांसदहरुले कुल बजेट रु १२ करोड ८५ लाख ३२ हजार ४ सय ७३ को १० प्रतिशत बापतको रकमको व्यवस्था गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















