काभ्रेको पाँचखाल नगरपालिका वडा नंं ११ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ शुरु भएको छ । मानेश्वारा युवा क्लबद्वारा आयोजित यस प्रतियोगिताको विहीबार एक कार्यक्रमका बीच समुद्घाटन भएको हो ।
प्रतियोगिताको उद्घाट पूर्व राज्यमन्त्री तथा एमाले नेता रेशमबहादुर लामाले गरेका थिए । खेलमा एन्फा रेफि प्रदिप बस्नेतलाई प्रमुख अतिथि लामाले फूटबल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नंं ११, २, ७ को वडा अध्यक्षहरु क्रमशः शिवशरण लामा, हारिराम खतिवडा, पुस्कर ढकाल, वडा सदस्यद्वय हिरकाजी लामा र रोहित लामा, युवा नेता तथा समाजसेवी कन्चन अधिकारि, राम बहादुर लामा, भैरब प्रसाद सेढाई, इलाका प्रहरी कार्यालय इन्चार्ज रामहरी रिजाल, नेरु लामा लगायतका सहभागी थियो ।
प्रतियोगिताको पहिलो खेल मानेस्वारा युवा समुह ‘ए’ र प्रगतिशील युवा क्लब थुम्का बिच भएको थियो । सो प्रतियोगितामा आयोजक मानेस्वारा युवा समुह ‘ए’ ६–१गोल अन्तरले बिजय भएको थियो ।
खेलमा २५ टिमको सहभागीता रहेको उक्त प्रतियोगिता असोज २५ गते समापन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।
यस वडा दशै कप फुटबल प्रतियोगिता २०७८ लाई फार्म ग्रो ‘आफ्नै भुमिमा काम गरौं , कृषि क्षेत्रमा इतिहास निर्माण गरौं ।’, नेपाल टेलिकम (रास्ट्रको संचार)ले क्रमशः मुख्य तथा सहप्रायोजन गरेको छ । उद्घाटन कार्यक्रमममा मानबहादुर लामाको अध्यक्षता र नविन लामाको सञ्चालनमा भएको थियो ।
Comments