बागमती टिपर व्यवसायी संघ, काभ्रेको १० औं अधिवेशन शुक्रबार बनेपामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश खत्रीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा नवीन बैद्य, उपाध्यक्षमा नरेन्द्र बादे, उपाध्यक्ष ठाकुर गौतम, सचिव राजेश खत्री, सह–सचिव राजनप्रसाद पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ र सह–कोषाध्यक्षमा निर्मल श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका छन् ।
सदस्यहरुमा बद्री पुरकुटी, पूर्णबहादुर श्रेष्ठ, अजय कार्की, दीपक अधिकारी, सुन्जित तामाङ, जुलियस खड्का, टिकाप्रसाद हुमागाई र सुदर्शन खत्री निर्वाचित भएका छन् ।

Comments

comments