काभ्रेको तेमाल गाउँपालिकाका सबै विद्यालयहरुलाई तेमाल सरकारले विशेष निर्देशन जारी गरेको छ । आइतबार निमित्त प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै ४ बुँदे निर्देशन जारी गरेका हुन् ।

गाउँपालिका अध्यक्ष सलामसिं तामाङको विशेष निर्देशन अनुसार विद्यालय सञ्चालन सम्बन्धी ४ बुँदे निर्देशन जारी गरीएको छ । निर्देशनमा दशैं विदा असोज २१ गतेदेखि कार्तिक २ गतेसम्म तोकेको छ भने दशैं र तिहारको बीचमा समेत विद्यालय खोल्न भनिएको छ । निर्देशन पूर्णरुपमा पालना नगरेमा नियम बमोजिम कार्वाही हुने समेत जनाएको छ ।

यता बुँदा नं. ४ प्रति तेमालका शिक्षकहरुले आपत्ति जनाएका छन् । जहिले धम्कीपूर्ण निर्देशन आउने गरेको भन्दै शिक्षकहरु आक्रोशित समेत समेत भएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुमा कडा प्रतिक्रिया दिन थालेका छन् ।

यस्तो छ निर्देशनः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।