नेकपा एमालेबाट बिद्रोह गरि क. माधब नेपाल र क. झलनाथले नेतृत्व गरेको नेकपा (एकीकृत समाजबादी) पार्टीमा हामी किन लाग्यौं भन्ने बारेमा केही भ्रम सिर्जना गर्न केही मित्रहरू लाग्नु भएको छ ।

कसैलाई हराउन र जिताउन होइन यसबारे प्रष्ट पार्न चाहान्छु ।

१. मेरो ब्यक्तिगत सम्बन्ध दुबै नेतासँग थिएन तर उहाँहरुले लिएको बिचार सहि लागेर म र हामी लाग्यौं ।

२. उहाँहरु दुबैले जिम्मेवारी पद पाउनु भइ सफलता पूर्बक सम्पन्न गरि उत्तराधिकारी बनाइ हस्तान्तरण गर्नु भएको थियो तर किन एक पटक पार्टी भित्र आन्तरिक संघर्ष गर्नु भयो भनेर समिक्षा ग¥यौं । सहि लाग्यो त्यसकारण लाग्यौं ।

३. नेकपा एमालेको नाम चिन्हको कब्जा जमाउनेहरुले कम्युनिस्ट आन्दोलन र जनताको बहुदलीय जनबादको संरक्षण गर्दैनन् भन्ने हामीले निश्कर्ष निकाल्यौं ।

४. केपि ओली र ओली प्रबृत्तिले नेपालको कम्युनिस्ट आन्दोलन बचाउन सक्दैन भन्ने हामीले निश्कर्ष निकाल्यौ ।

५. हामीले नेपाली जनतको बलमा प्राप्त उपलब्धि संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा ओली प्रवृत्तिबाट हुन नसक्ने निश्कर्ष निकाल्यौं ।

६. नेपाली जनताको त्याग बलिदानबाट प्राप्त संविधान पटक पकट च्यात्ने काम हँुदा समेत ओली र ओली प्रवृत्तिबाट सच्चिने कुनै भान नहुनु उल्टै गलतलाई सहि प्रमाणित गर्न खोज्नु ।

७. कम्युनिस्ट पार्टी महाधिवेशनबाट पारित विधि बिधान अनुसार चल्नु पर्छ भन्दा आफ्नो गुट स्वार्थ अनुकुल देखिए पछि शक्ति र सत्ताको आडमा जे मन लाग्छ त्यहीं गर्नु ।

८. सत्ता शक्तिको आडमा पार्टी भित्रका आन्तरिक प्रतिस्पर्धीलाई समाप्त गर्न हदैसम्मको प्रयास गर्नु ।

९. त्याग योगदान गर्ने नेता कार्यकर्ताको अपमान गर्नु, भुइफुट्टोहरुलाई संरक्षण गर्नु ।

Comments

comments