भक्तपुर ।तामाङ र्याप क्षेत्रमा पहिले र्यापको शुरूवात गरेको र्यापर गायक उतर लामाको नयाँ र्याप “आयो आयो उतर लामा ब्याक टु ब्याक” छायांकन सम्पन्न भएको छ।

२० वर्ष अगाडि नै तामाङ र्याप क्षेत्रमा प्रवेश गरेको गायकले उहीँ बेला “तेमाल तेमाल” बोलको र्यापबाट निकै चर्चा बटुलेको थिए।

उतर लामा र ब्रान्डडेट लामाद्वारा लेखिएको शब्दमा र्याप गायक उतर लामाको संगीत रहेको छ।
उक्त गीतमा उतर लामा र शशिकला मोक्तानले आवाज रहेको छन् ।
चर्चित नायक तथा निर्देशक अमिर दोङले निर्देशित गरेको भिडियोमा गायक उतर लामा, नायिका रोशनी ब्लोन, नायक सन्दिप स्याङतन ,टुल्साङ मोक्तान,केवि लामा छिरिङ लामा ।लगायत अन्य धेरै कलाकारहरुले अभिनय गरेका छन् ।भनेे थुप्रै तामाङ चलचित्रहरुमा नायिकाकी भुमिका निर्वाह गरिसकेकी अभिनेत्री रोशनी ब्लोनले पनि यस र्याप गीतमा भन्ने पहिलोपटक अभिनय गरिकी हुन् ।

भिडियो क्यामरा र ड्रोन बज्र लामा, त्रीलोक लामा छायांकन गरेका छन् । र्याप गायक उतर लामाले भने म करिव दुई दशकपछि फेरि नयाँ र्याप गीत लिएर बजार आउदै छु आशा छ मेरो भगवानरुपी दर्शकहरुले अवश्य मलाई माया र साथ दिने विश्वास लिएको गायकले बताए ।

यश र्याप गीत छिट्टै नै बजारमा ल्याउने भिडियो निर्माण पक्षले जानकारी दिएको छ।

Comments

comments