काठमाडौं ।नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा चर्चित नायक कुमार मोक्तान निर्वाचित भएको छ।

नेपाल तामाङ चलचित्र संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेशन कार्यक्रम शुक्रबार  राष्ट्रिय नाचघर जमल काठमाडौं भएको हो।

हाम्रो चलचित्र,मौलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र भन्ने मुल न नाराका साथ सम्पन्न अधिवेशनले मोक्तानको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष भुईसल लामा,उपाध्यक्ष दिपक लामा, अजय स्याङतन,जयन कुमार मोक्तान, महासचिव सुनिता लुङ्वा,सचिव ऋतुराज पाख्रिन,कोषाध्यक्ष अनिता तामाङ सह- कोषाध्यक्ष अमर लामासदस्यहरुमा सागर घिसिङ, सुस्मा मोक्तान, बिनायक लोप्चन, युद्ध लामा,सञ्जय हुत्ता, पुजा लामा, डिवि दोङ, आईते सिङ तामाङ (निमा लामा), विक्रम लामा, दिपक तामाङ ,टुल्साङ मोक्तान, उतर लामा, माया मोक्तान, शर्मिला घिसिङ, लक्ष्मी ग्याबा, ङेमा लामा ( निमा), नयन बहादुर तामाङ, बाबुराम थिङ चलचित्र संघको केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

अध्यक्ष कुमार मोक्तानले भने आम सिंगो तामाङ चलचित्र विकासको लागि निरन्तर लाग्ने र तामाङ चलचित्रकर्मीको हिकहितका लागि राज्यको सम्बन्धित निकायमा ध्यानाकर्षण गर्ने बताएको छ।

उक्त कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ राष्ट्रिय गेदुङका महासचिव प्रविन वल, पुर्व अध्यक्ष जेनिस दोङ, नेपाल तामाङ युवा गेदङका अध्यक्ष विलम मोक्तान लगायतका अतिथिहरु उपस्थिति भएको थिए।

पुर्व अध्यक्ष विकु थोकारको सभापतित्वमा भएको कार्यक्रम जयन कुमार मोक्तानले सञ्चालन गरेको थियोे ।

Comments

comments