३० बेशाख २०७५
काभ्रे । नेपाली चलचित्रका नायक आदित्य बुढाथोकीलाई नाट्यकर्मी वर्ष सम्मान २०७४ द्वारा सम्मानित भएका छन् ।

कलाकारहरुको हकहितको लागि आवाज उठाउँदै आएको नाट्यकर्मी महासंघ काभ्रे शाखाले प्रत्येक वर्ष एक जना कलाकारलाई सम्मान गर्दै आएकोमा यस वर्ष बुढाथोकीलाई सम्मान गरेको हो ।

समाज रुपान्तरण उल्लेख्य योगदान पु¥याउँदै आएका कलाकाहरुलाई हरेक वर्ष सम्मान गदै आएको नाट्यकर्मी महासंघ काभ्रेले बुढाथोकीले कलाक्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको अध्यक्ष अमरकृष्ष्ण चन्दले बताएका छन् ।

बनेपामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा काभ्रे क्षेत्र नं. ३ का सांसद बसुन्धरा हुमागाईले बुढाथोकीलाई सम्मान गरेका थिए ।

सांसद हुमागाईले कलाक्षेत्रका लागि राज्यले निति निर्मााण गर्नु आवश्यक रहेको बताउँदै कलाक्षेत्रका आवश्यक निती निर्माणका लागि सम्बन्धित निकाय सम्म कुरा पु¥याउने बताए । आफू सदैव जनताका चाहना र समस्या पूरा गर्न लागिपर्ने र आफूले निर्वाचन ताका गरेका प्रतिवद्धता पुरा गर्ने समेत बताए ।

 

कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विष्फोट, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, कलाकार तथा चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का लगायतले कलाक्षेत्रका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे चर्चा गर्दै यसको संवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले निती निर्माण गरी कलाकारहरुलाई सम्मान गर्नुपर्ने बताए ।

नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय लेखा आयोगका सदस्य नवराज बजगाई, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, नृत्य निर्देशक संघ नेपालका जिल्ला अध्यक्ष मोहन तौजले, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य शर्मिला श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला उपाध्यक्ष विक्रम गौतम, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला सचिव दिनेश लामा, कलाकार विजेश श्रेष्ठ, उरा डान्स एण्ड म्युजिक थियटर गृहिणी महिला समूहका अध्यक्ष रिता श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा गायक एमकुमार मल्ल, शशीशेखर बुढाथोकी, शर्मिला श्रेष्ठ, सावित्री मगर, सविता ढुङ्गाना, हाँस्य कलाकार भगवान खत्री, कलाकार निर्देशक कमल दाहाल, नृत्यकार आश्मा खत्री लगायतले मनोरञ्जनात्मक प्रस्तुति पस्केका थिए ।

संस्थाका आजीवन सदस्य राजेन्द्र केसीले स्वागत गरेको कार्यक्रम सनम सुवालले संचालन गरेकी थिइन् । सम्मानित व्यक्तित्व नायक बुढाथोकी लामो समय देखि सडक नाटक, रंगमंच हुँदै टेलिचलचित्र चलचित्रमा सक्रिय छन् ।

उनले थोरै भए पुगीसरी, पुरुष तिमी पुरुष, क्याम्पस, एक, रात, समयको कथा जस्ता टेलिश्रृङ्खला, चलचित्र जीवनको गोरेटो, हे यूवा, तिमी मेरो म तिम्रो नेपथ्य आदिमा अभिनय गर्नुका साथै कल अफ ड्युटी सर्ट मुभि तथा थुप्रै सर्ट मूभि र म्युजिक भिडियो निर्देशन गरी नेपाली कलाकारितामा सक्रिय रहेका छन् ।

संस्थाले यस अघि वरिष्ठ रंगकर्मी पंकज चित्रकार, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटालाई सम्मान गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।