बानेश्वर काठमाडौं । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको शब्दमा रहेको “चु जुनी “म्युजिक भिडियो सार्वजनिक भएको छ।
समाजसेवी तथा समाजिक अभियान्त रजनी घिसिङको प्रस्तुति रहेको निकै मार्मिक गीत “चु जुनी”बोलको गीत वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतमा काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरि “चु जुनी”को भिडियो बजारमा ल्याएको हो।
गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको शब्द,संगीत रहेको गीतमा गायिका सुमिना लो को सुमधुर आवाज भरेका छन् ।
यस् गीतमा चर्चित मोडल निरञ्जली लामा रजनी घिसिङ
र निकै चर्चामा रहेको भिमफेदी गाइज (bhimpedigus)टिमले सशक्त अभिनय गरेका छन् ।
निर्मल लामाले निर्देशक गरेको भिडियो कोरियो ग्राफर इडिट र कलर पवन सुस्लिङले गरेको हो।
गीतको एरेञ्ज अगा लामाको रहेको थियोे भने मिक्सिङ दिपेश प्रधानले गरेको हो।
विशेष अतिथि तामाङ चलचित्र संघका निवर्तमान अध्यक्ष सञ्जिव वाइवा तामाङ पत्रकार संघ केन्द्रीय महासचिव बुद्ध योञ्जन मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन लामा दोङ लगायत अतिथिहरु उपस्थित रहेको थिए
भिडियो हेर्नुस्