बाैद्व ।पहिलो तामाङ र्यापर गायक उतर लामाको नयाँ र्याप “आयो आयो उतर लामा ब्याक टु ब्याक” म्युजिक भिडियो सार्वजनिक भएको छ।

तामाङ कलाकार संघका संस्थापक अध्यक्ष वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा म:म प्लाजा जोरपाटी बाैद्वमा एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त भिडियोलाई बजारमा ल्याएको हो।

नेपाली उखानमा भनिन्छ नि तलतिर बगेको खोला पनि १२ वर्षपछि फर्केर आउछन् भन्ने जस्तै गायक र्यापर उतर लामा २० वर्षपछि फेरि फर्केर आएको छ।
२० वर्षको अगाडि “तेमाल तेमाल” स्कार्ट क्वान नाना तेमालला च्याङवा धेरै गीतहरुबाट निकै चर्चा बटुलेको थिए।

गायकले र्यापको मध्यमबाट समाजमा भएको विकृति विसंगति रुढीबादी चिन्तनलाई खण्डन गरेको पाईन्छ ।

उतर लामा र ब्रान्डडेड लामाद्वारा लेखिएको शब्दमा र्याप गायक उतर लामाको संगीत रहेको छ।
उक्त गीतमा उतर लामा र शशिकला मोक्तानले आवाज रहेको छन् ।
चर्चित नायक तथा निर्देशक अमिर दोङले निर्देशित गरेको भिडियोमा गायक उतर लामा, नायिका रोशनी ब्लोन, नायक सन्दिप स्याङतन ,टुल्साङ मोक्तान,युवराज केवि लामा छिरिङ लामा असपुर लामा विश्वराज लामा राजु लामा लगायत अन्य धेरै कलाकारहरुले अभिनय गरेका छन् ।

कार्यक्रमको विशेष अतिथि नेपाल तामाङ राष्ट्रिय तामाङ गेदुङको महासचिव प्रविन बल, नेपाल तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष प्रेम लोप्चन नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ कलाकार संघकै पुर्व अध्यक्ष सञ्जिव वाइवा नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष  विशाल काल्तन  नेपाल तामाङ  चलचित्र संघकी उपाध्यक्ष भुइसल लामा, दिपक तामाङ तामाङ समाजका अध्यक्ष रोशन लामा युवा  व्यवसायी प्रमोद लामा विभिन्न संघ संस्था र कलाकार पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

क्यामरा र ड्रोन इडिट बज्र लामा गरेको थियो भने त्रीलोक लामाले छायांकन साथ दिएको थिए।भने कलर सुर्य लामाले गरेको भिडियो भिडियोलाई जिम्मे मिडिया अफिसियल युट्युवबाट बजारमा सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस् ।

Comments

comments