काभ्रेको तेमाल गाउँपालिकामा तेमाल फुटबल क्लबद्वारा ‘प्रथम तेमाल कप वडा स्तरीय फुटबल प्रतियोगिता–२०७८’को आयोजना गरेको छ । खेलकुद विकासमा तेमालको नेतृत्व भन्ने नाराका साथ शनिबार तेमाल गाउँपालिका वडा नं. ९, मेच्छेपौवामा रहेको खेल मैदानमा एक कार्यक्रमका बीच प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले एक उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले खेलले राष्ट्रलाई चिनाउने भएकोले अनुशासित भएर खेल्न खेलाडीहरुलाई अनुरोध गरे । खेलाडी गतिशिल र अनुशासनको पर्याय भएकोले खेलाडी प्रति खेलप्रेमी र जनताको सकारात्मक सोच भएपनि सरकारले भने खेल र खेलाडीलाई व्यवस्थित गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले खेल मैदानको लागि शसक्त पहल गर्ने समेत प्रतिबद्धता जाहे गरे ।

त्यसैगरी कार्यक्रमको विशेष अतिथि समेत रहेको पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ लालध्वजले लालध्वजले तेमालको विकास युवाहरुको जिम्ममा आएको बताउँदै आफूहरुले तेमाली जनताको लागि निरन्तर विकासको काममा लाग्दै आएको बताए । तेमाल भरि खेलमैदानको विकास आवश्यक रहेको बताउँदै दोङले यसमा आफ्नो पहल र प्रयत्न जारी रहने प्रतिबद्धता जनाए ।

त्यसैगरी माओवादी केन्द्र तेमाल गाउँ कमिटीका अध्यक्ष डिएम लामाले खेलकुद जीवन र राष्ट्रको लागि भएकोले आफूहरु खेल र खेलाडी प्रति जहिले पनि उत्तदायी बन्ने गरेको बताए ।

कार्यक्रममा काँग्रेसका तेमाल गाउँ इकाइ समिति सभापति तथा गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले तेमाल गाउँपालिका तेमाल गाउँपालिका खेल प्रती जिम्मेवार बतबाए । आफूहरुले खेलकुदलाई बुझिसकेको बताउँदै आगामी दिनमा खेलकुद विकासको लागि थप योजनाहरु ल्याउने प्रतिबद्धता जाहेर गरे ।

त्यसैगरी वडा नं. ९ का वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता चन्द्रबहादुर लामाले प्रतियोगिता ऐतिहासिक खेल भएको बताए । तेमाल फुटबल क्लबले तेमाल कप प्रथम भएपनि यसको दिर्घकालीन महत्व रहेको बताए ।

उद्घाटन कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, काभ्रे खेलकुद परिषद्का अध्यक्ष मानवीर वाइबा, तरुणदलका १ नं. क्षेत्रिय सभापति गोरखाराज लामा लगायतका सहभागी रहेका थिए ।

रंगीना स्याङतानले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष रोशन लामाले गरेका थिए भने स्वागत च्याङबा दोङले गरेका थिए ।

प्रतियोगितामा तेमाल गाउँपालिका भरिको २० वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । कार्तिक ४ गते प्रतियोगिताको समापन हुने क्लबका अध्यक्ष लामाले जानकारी दिए ।

यस्तो छ हालसम्मको खेलको परिणाम

प्रतियोगिताको पहिलो खेल योगार ह्युल्सा र मेच्छे फुटबल क्लब बीच भएको थियो । गोगार ह्युलले मेच्छे फुटबल क्लबलाई ३–० गोलले जितेको थियो भने सो खेलमा भिजन तामाङले २ गोल हानेर खेलको म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

सोही दिन भएको दोस्रो खेलमा धुल्खु एफसी र तेमाल–८ को ए टिमबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा तेमाल–८ को ए टिमले धुल्खु एफसिलाई ४–० गोल हानेको थियो भने मिङमा लामा म्यान अफ द म्याच घोषित भएका थिए ।

आइतबार लाली गुँरास र लोङसाल टिमबीच प्रतिस्पर्धा भएकोमा १–१ गोल हानेर बराबरी भएकोमा पेनाल्टी हान्नुपरेको थियो । सोही क्रममा लालीगुराँसलाई १ गोलले पछि पार्दै लोङसालले ४–३ गोलले विजय गरेको थियो । सो खेलमा सुनिल तामाङ म्यान अफ द म्याच घोषित भएको थियो ।

सोही दिन चापाखोरी एफसी र तेमाल–६ बीच प्रतिस्पर्धा हुँदा तेमाल–६ ले १ गोलले जितेको थियो भने आत्मघाती गोल हान्ने मनिल म्यान अफ द म्याच घोषित भएका थिए ।

यसैगरी वाइवाइसि र तेमाल युथ सोसाइटी बीच भएको खेलमा वाईवाईसीले १–० गोलले विजय गरेको थियो भने अशोक लामा म्यान अफ द म्याच घोषित भएका थिए ।

सोही दिन भएको तेमाल एफसि र पञ्चबुद्ध बीच भएको खेलमा तेमाल एफसी एले ७–० गोलले विजय भएको थियो । सो खेलमा ३ गोल हान्ने खेलाडी सुरेश लामा म्यान अफ द म्याच घोषित भएको थियो ।

तेमाल–४को टीम र माहरे भञ्ज्याङ टीमबीच भएको खेलमा तेमाल–४ को टिमले २–० ले जितेका थियो । सो खेलमा जर्सी नम्बर १० का खेलाडी ङेमा लामा म्यान अफ द म्याच घोषणा गरेको थियो ।

Comments

comments