काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नं ७ मा शुभ विजया दशमी २०७८ को अवसरमा साविक वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । सोही वडाको डिलमुनि च्योमनडाँडा स्थित तामाङ युवा एकता समाजद्वारा सो प्रतियोगिताको आयोजना गरिएको थियो ।
गत अशोज २६, २७, २८ र २९ आयोजित प्रतियोगितामा विभिन्न वडाबाट १२ टिमको सहभागितामा रहेको थियो ।
प्रतियोगितामा आयोजक तामाङ युवा एकता समाज प्रथम, साबिक वडा नं ३ रेन्छेन युवा क्लब दोस्रो र साबिक वडा नं ६ तेस्रो र साबिक वडा नं ५ सिर्जनशिल युवा क्लब चौथो भएको छ ।
कार्यक्रम वडा नं ७ का वडा अध्यक्ष क्षेत्रमान घ्याबाको प्रमुख आतिथ्यतामा भएको थियो । मखमली महिला समुहको अध्यक्ष गोमा माया घिसिङको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
वडा अध्यक्ष घ्याबाले खानिखोलामा पहिलो पटक महिलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकोमा खुसी र धन्यबाद ज्ञापन गर्दै महिला समुह जस्तोले भलिबल प्रतियोगिता आयोजना गरिएकोमा रु. १ लाख रुपैयाँ सहयोग गर्ने बताए । उनले वडा नं ७ मा पालिका भरि कै सबभन्दा कम बजेट पनि भएकाले ७ नं वडालाई सौताको जस्तो ब्यवहार भएकोमा हारेक विकास जनतासँग मागेर गर्नु पर्ने बाध्यता रहेकोमा दुःख व्यक्त गरे ।
सो क्रममा वडा अध्यक्ष घ्याबाले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
यसैबीच प्रतियोगिताका लागि पुर्व गाविस उपाध्यक्ष लाल बहादुर थिडड्ड रु ६ हजार, युवा समाजसेवी कुबेर तिमिल्सिना ४ हजार रुपैयाँ, नेपाली कांग्रेस वडा नं ७ का उपसभापति रमेश घ्याबाले ४ हजार रुपैयाँ, नेपाली कांग्रेस खानिखोला गाउँपालिका तरुण दलको अध्यक्ष सुभाष मोक्तान रु. ३,०००, छेवाङ दोर्जे गोले रु. ३,०००, सान्तोक पालारी कृषी सहकारी संस्था लिले रु. ३,०००, युवा समाजसेवी सानुबाबु ब्लोन रु. ३,०००, नेकपा माओवादीका नेता तथा समाजसेवी दिल बहादुर वाईबा भलिबल र रु. नगद १,००५, महिला नेतृ रिता लामा रु. २,५००, खानिखोला ७ तरुण दलको अध्यक्ष राम वाईबा रु. २,५००, भक्तपुर डेन्टल हस्पिटलका म्यानेजर सानुबाबु गोले रु. २,५००, नेकपा एमालेका युवा समाजसेवी नेत्र बहादुर थिङ रु. २०५०, बिर बहादुर घिसिङ रु. २,०००, श्री सरस्वती आधार भुत विद्यालयका प्रधानाध्यापक राम बाबु घ्याबा रु. २,०००, श्री ज्वाला आधार भुत विद्यालयका प्रधानाध्यापक लोक बहादुर स्याङतान रु. २,०००, अमर ज्योति युवा क्लबका अध्यक्ष राम मोक्तानले २ पिस भलिबल, युवा समाजसेवी नेत्रलाल घ्लान रु. २,०००, किसान लघु बित्तिय संस्थाका म्यानेजर दिपक गोले रु. १५००, युवा समाजसेवी चन्द्र बहादुर स्याङतान १ पिस भलिबल रु. ५५०, नेकपा एमालेका पालिका सदस्य सन्देश मोक्तान रु. १,०००, ओम बहादुर घ्याबा रु. १०५०, इन्द्र बहादुर घिसिङ रु.१०१०, सन्चा माया घिसिङ रु. ५५०, बिक्रम मोक्तान रु. ५२०, सरोज गोले १ पिस भलिबल, पनौती जेसिजका अध्यक्ष तथा कांग्रेस युवा नेता इन्जिनियर अनिश ब्लोनले ५ वटा भलिबल, बलराम सापकोटा र रोशन पाण्डेबाट आयोजकलाई ३ पिस भलिबल उपलब्ध गराएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























