काभ्रे जिल्लाको भुम्लु-५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि-४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ सरस्वती माबी, चौरीदेउराली-४ छेडाका प्रधानाध्यापक हुन । उनको निधन उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका-५ जामुने खोलामा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

कुखुराको दाना बोकेर चौरिदेउरालितर्फ जाँदै गरेको बोलेरो बुधबार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । बोलेरोमा चालक श्रेष्ठमात्र थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।