काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९, मेच्छेपौवामा ‘प्रथम तेमाल कप–२०७८’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेलकुदमा तेमालको नेतृत्व’ भन्ने मुलनाराका साथ तेमाल फुटबल क्लबद्वारा आयोजित उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

असोज ३० गतेबाट शुरु भएको ‘प्रथम तेमाल कप–२०७८’ प्रतियोगिताको विजेता तेमाल–८ का ‘ए’ टिम बन्न सफल भएको छ भने उपविजेता तेमाल–४ को टीम बन्न सफल भएको छ । तेमाल–४ को टिम र तेमाल–८ ‘ए’ टिम फाइनलमा पुगेको थियो । तेमाल–८ का ‘ए’ टिमले तेमाल–४ को टिमलाई १–० गोलले हानेको थियो ।

विजेता तेमाल–८ ‘ए’ ले नगद रु. १ लाख र उपविजेता तेमाल–४ ले नगद रु. ५० हजार हात पार्न सफल भएको छ ।

सर्वाधिक गोलकर्ता तेमाल एफसीका सुरेश लामा, बेष्ट प्लेयर तेमाल–को क्याप्टेन मनिक लामा, बेष्ट किपर तेमाल–८ को बुद्ध लामा, योङ प्लेयर अफ द टुर्नमेन्ट तेमाल एफसिका लक्पा तामाङ घोषित भएका थिए । उनीहरुलाई नगद रु. ५ हजार र ट्रफी प्रदान गरेको थियो ।

‘प्रथम तेमाल कप–२०७८’ को समापन कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) पुगेका थिए । विजेता उपविजेता टिम र खेलाडीहरुलाई सांसद तामाङले ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

Comments

comments