काभ्रेको बनेपा नगरापालिकाकामा रहेको सेवानुङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा शुक्रबार र शनिबार संस्थाको मुख्य कार्यालय जनागालमा सम्पन्न भएको हो ।

संस्थाको अध्यक्ष रामगोपाल भुजेलको सभापतित्वमा सम्पन्न भएको साधारण सभाको प्रमुख अतिथिमा संस्थाकै पूर्व अध्यक्ष तथा बनेपा–१० का वडा सदस्य गुणराम भुजेल रहेका थिए । प्रमुख अतिथि भुजेलले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष राामगोपाल भुजेलले नीति तथा योजना पेश गरेका थिए भने सचिव डिलबहादुर भुजेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सम्भु भुजेलले आर्थिक प्रतिवेदन, लेखा तथा सपरिबेक्षण समितिका संयोजक सुरेश भुजेलले लेखा प्रतिवेदन पेश गरेका थिए ।

हालसम्ममा उक्त संस्थाले १५ करोड ५७ लाख बराबरको कारोबार गरिएको अध्यक्ष रामगोपाल भुजेलले जानकारी दिए । अध्यक्ष भुजेलका अनुसार संस्थाको शेयर पूँजी १ करोड ४० लाख पुगेको छ ।

हालसम्मा संस्थाको शेयर सदस्यहरु १७ सय ५१ जना पुगेको उनले बताए ।

साधारण सभाले संस्थाको हातेमालो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सुत्केरी भेटघाट कार्यक्रमको लागि सुत्केरीलाई रु. ३ हजार प्रदान गरिने, विवाह दक्षिणा ३ हजार रुपैयाँ, मृत्यु संस्कारमा १० हजार रुपैयाँ प्रदान गर्ने बताएको छ । उक्त सुविधा संस्थाको शेयर सदस्यहरुलाई मात्र लागु हुने बताएको छ । साथै संस्थाको कार्यक्षेत्र शेयर सदस्यहरुको माग अनुसार काभ्रे जिल्ला भरि विस्तार गर्ने योजना बनाएको छ ।

Comments

comments