धुलिखेल । सारथी बहुउद्देश्यीय सहकारी संस्था लि। धुलिखेलको स्थापना दिवस तथा छैठौं बार्षिक साधारण सभा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि। नेपालका निबर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सदस्यको विकास समृद्धिको ज्ञान, सारथी सहकारी हाम्रो पहिचान भन्ने मुलनाराका साथ सोमबार होटल सारथी धुलिखेलमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटाको विषेश आतिथ्यता, जिल्ला सहकारी संघ लि। का निवर्तमान अध्यक्ष विनोद पराजुलीको आतिथ्यधुलिखेल÷सारथी बहुउद्देश्यीय सहकारी संस्था लि। धुलिखेलको स्थापना दिवस तथा छैठौं बार्षिक साधारण सभा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि। नेपालका निबर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
होटल सारथी धुलिखेलमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटाको विषेश आतिथ्यता, जिल्ला सहकारी संघ लि। का निवर्तमान अध्यक्ष विनोद पराजुलीको आतिथ्यता सहित विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उत्कृष्टलाई सम्मान ः
कार्यक्रममा जेष्ठ नागरिक छविलाल घिमिरे, सानीमैया थापामगर, तुलसा थापा, मासिक बचतकर्तामा सुदिप घिमिरे, इन्दिरा पोखरेल, सृजना थापा हुमागाई, उत्कृष्ट ऋणी यादव प्रधान, शर्मिला बोम्जन, दैनिक बचतकर्ता सम्मानमा सुन्दर प्रधान, अमृता कुमारी महत, उत्कृष्ट वाल बचतकर्ता रुविसा भट्राई, साईमोन रञ्जित, र उत्कृष्ट कर्मचारी सावित्रि तिमल्सीना लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाको भावी योजना ः
काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले विभिन्न खालका उद्यमशिलता सम्वन्धि योजना तथा स्वरोजगार सिर्जना गर्ने नीति, योजना तथा कार्यक्रमहरु अगाडि सारेको छ । उक्त योजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दिलिप शर्माले शेयर सदस्यहरुको ओठमा थोरै भए पनि खुसी ल्याउने कार्य सारथी बहुउद्देश्यीय सहकारी गरिरहेको र यस बर्ष पनि विभिन्न योजनाहरु सहित संस्थालाई नमूनाको रुपमा सञ्चालन गर्नका लागि व्यवसायका क्षेत्रहरु पहिचान गरी प्रस्तुत गरिएको जानकारी दिएका हुन् । संस्थाले आफ्नै लगानीमा छिट्टै मिनरल वाटर सहितको योजना सञ्चालन गरी सारथी सहकारीको ब्रान्डमा बजारमा ल्याउने योजना समेत अगाडि सारेको छ ।
उक्त साधारण सभासम्म आइपुग्दा संस्थाले १४ करोड भन्दा माथिको कूल पूँजी निर्माण गर्न सफल भएको छ भने शेयर सदस्यरुलाई १५ प्रतिशतको शेयर लाभांश वितरण गर्न सक्षम भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशवप्रसाद बडालले सहकारीहरु निर्दिष्ट नीति, सिद्धान्त र व्यवहारमा चल्नुपर्ने भएकोले यसका लागि अध्ययन अनिवार्य रहेको र स्थापित रुपमा समुदायमा रहीरहनका लागि व्यवहारिक रुपमा यसको अभ्यास गर्दै चल्नुपर्ने धारणा राखेका थिए । छाटो अवधिमा नै यस संस्थाले राम्रो प्रगती गर्दै अगाडि बढेकोमा संस्थाको टिमलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि। को ४० औं बार्षिक साधारण सभाबाट निर्बाचित सबै सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो भने काभ्रे जिल्लामा स्थापना भएको कोअपरेटिभ मेनेजर्स क्लवका कार्य समितिका सबैलाई सम्मान समेत गरिएको थियो । यस आर्थिक बर्षभित्र संस्थाले करिव २४ करोडको कूल पूँजी तथा शेयर पूँजी ३ करोड पुर्याउने लक्ष्य सहित आफ्नो योजना अगाडी सारेको छ । कार्यक्रममा मेनेजर्स क्लवका अध्यक्ष विवेकराज ठकुरी, जिल्ला सहकारी संघ लि।का उपाध्यक्ष कमला अधिकारी, सचिव निरञ्जन विष्ट, कोषाध्यक्ष राजन शाक्य, बनेपा न।पा। वडा नं। ५ का वडा अध्यक्ष बलराम अधिकारी, समता बहुउद्देश्यीय सहकारी संस्था कुन्ताबेशीका अध्यक्ष रामप्रसाद श्रेष्ठ र जनमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार सापकोटाको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम संस्थाका सचिव प्रल्हाद प्याकुरेले संचालन गरेका थिए भने संचालक समिति सदस्य रोशनी उपाध्यायले स्वागत मनतव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















