भक्तपुर युवा गायक तथा संगीतकार विहिन दोङको नयाँ तामाङ माया प्रेमको वियोगान्त गीत सम्बन्धित “कसम कसम”बोलको गीतका म्युजिक भिडियो तामाङ सांगीतिक गीत बजारमा सार्वजनिक भएको छ।
उक्त माया प्रेमसंग सम्बन्धित गीतमा चर्चित मोडल निरञ्जली लामा र नव मोडल कृष्ण थिङले भुमिका निर्वाह गरेका छन् ।
शब्द केशव घ्लानको रहेको गीतमा गायक विहिन दोङको संगीत रहेको छ भने विहिन दोङ र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको छ। एरेञ्ज, मिक्सिङ वाङज्यु फ्युवा तामाङको रहेको छ ।भिडियो निर्देशन र इडिट युवा निर्देशक विवेक लामाले गरेको हो।भन्ने ड्रोन बज्र लामाले उडाएको थिए।
यस म्युजिक भिडियो गायक विहिन दोङको अफिसियल यु्ट्युव च्यानलबाट बजारमा ल्याएको छ।
भिडियो हेर्नुस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।