काभ्रेपलाञ्चोक । सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरी ११ औं वार्षिकोत्सव मनाएको छ ।

वाषिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष प्रतापजङ पाण्डेले प्रायोरिटी बैंकिङ तथा सञ्चालक प्रकाश तायलले कल सेन्टर र मिस्ड कल बैंकिङ सेवाको उद्घाटन गरेको जनाइएको छ ।

बैंकले मुख्य शाखासहित ३८ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । यस्तै, सिभिल वैंक बनेपा शाखाले पनि शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र काभ्रेको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको सिभिल वैंक बनेपा शाखाका अप्रेसन इन्चार्ज रहर सिं तामाङले जानकारी दिनुभयो ।

बढ्दो सावरी दुर्घटना र रगतको अभावलाई मध्ये नजर गर्दे बैकले रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकका शाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो । बैकले यस अघिको वार्षिक उत्सवमा पनि सामाजिक कार्य अन्तरगतको काम गरेको र यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरि आफ्नो बैकको बार्षिक उत्सव मनाएको उहाँले बताउनुभयो ।

त्यस्तै, बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुन गईरहेको छ । जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५ हजार प्रदान गरेको छ ।

सिभिल बैंकले ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ गरेको छ । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने छ ।

त्यसैगरी बैंकमा ५ वर्ष/१० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव रु ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।