बाैद्व । अन्तर्राष्ट्रिय खेलाडी तथा गायक अजय सिङ्तानको “मेरो डम्फू” बोलको गीत बजारमा सार्वजनिक भएको छ।

उक्त गीत कलाकार संघको संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक तथा चन्द्रकुमार दोङ र चर्चित नायक तथा निर्देशक अमिर दोङको विशेष उपस्थितिमा सञ्चारकर्मी तथा पत्रकारहरु बीच म:म प्लाजा बाैद्व जोरपाटी काठमाडौंबाट सार्वजनिक गरेको हो।

तामाङ समुदायको पहिचान मुलक राष्ट्रिय पर्व ल्होछार नजिकिँदै गर्दा  गायक सिङ्तानले ल्होछार विशेष गीत बजारमा ल्याएको हो।
गीतको मुख्यभाव तामाङको डम्फूसंग जोडिएको छ, टुङनासंग साथै संस्कार र संस्कृतिसंग सम्बन्धित रहेका छन् ।

गीतकार कुमार स्याङबाको शब्दमा वरिष्ठ गायक तथा चन्द्रकुमार दोङको संगीत  रहेको छ।उक्त गीत गायक अजय सिङ्तानको स्वर  रहेको छ।

एरेञ्ज चन्द्रकुमार दोङले गरेको हो भने मिक्सिङ गोविन्द सोनीले रहेको थिए।उक्त गीत डम्फू मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो

अडियो गीत सुन्नुस्।

Comments

comments