काठमाडौं बाैद्व। गायक सन्तोष तामाङको “यारिम म्हुईला पञ्जी”मा तामाङ चलचित्र क्षेत्रका चर्चित ३ नायकहरुको दमदार अभिनय रहेका छन् ।

उक्त गीतमा चर्चित नायक तथा निर्देशक अमिर दोङ,सञ्जिव स्याङतान र टुल्साङ मोक्तानको वर्चस्व रहेको छ।साथै चर्चित नायिका एवं मोडल सुस्मा मोक्तान, सबु गोले र सोनि गोलेको अभिनयलाई रहेको छन् ।

तामाङ कलाकार संघको अध्यक्ष तथा चर्चित गायक तथा संगीतकार विश्व दोङको प्रमुख अातिथ्यमा पिपल बोट स्थिति सेकुवा जक्सन बाैद्वमा शुक्रबार पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियोको सार्वजनिक गरेको हो।

ताम्सालिङ मानव मोक्तानको शब्द र संगीत रहेको यस गीतमा सन्तोष तामाङ र चर्चित गायिका जितु लोप्चनले दिएकी छन् । संगित संयोजन नोर्वु शेर्पाले गरेका हुन् भनेफमिक्सिङ दिपेश प्रधानको रहेको छ ।उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन नायक दोङले गरेका हुन् भने हेरुका लामाको कोरियोग्राफी रहेको छन् ।

सो भिडियोको छायांकन, कलरिङ र ड्रोन जिग्मे मिडियाका बज्र न्यासुरले गरेका हुन् ।उक्त पत्रकार सम्मेलन कार्यक्रममा विशेष अतिथि तामाङ कलाकार संघको पुर्व अध्यक्ष सञ्जिव वाइवा र महासचिव सुवास मोक्तान,लगायत तामाङ कलाकार, सञ्चारकर्मी तथा पत्रकार साथै अन्य अतिथिहरु उपस्थिति रहेको थिए।

डम्फू मिडिया सञ्चालक तथा चर्चित नायक तथा निर्देशक अमिर दोङको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन पत्रकार छेडुप लामाले सञ्चालन गरेका थिए।

भिडियो सार्वजनिक डम्फू मिडियाको अफिसियल च्यानलबाट बजारमा ल्याएको छ।
भिडियो हेर्नुस्।

Comments

comments