काभ्रेको धुलिखेलमा नेपाल आइस धुलिखेल मेयर कप फटबल प्रतियोगिता –२०७८ हुने भएको छ । धुलिखेलमा रहेको आकाश भैरव क्लवको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । खेल मंसिर २६ गतेदेखि पौष मसन्तसमम सञ्चालन हुने एक पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको लागि धुलिखेल नगरपालिकाले सहकार्य गरेको छ भने मुख्य प्रायोजक सि जि बुअरी प्रा.लि. नेपाल टाइटल प्रायोजक योग ट्यालेन्ट टिम, सह प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिंक, काभ्रे जिल्ला निर्माण व्यवसायी संघ, क्षेत्रिय होटेल एशोसियन, मनोविनायक साकोस, काठमाडौं र अर्थभूमि साकोस, काठमाडौं, ६ लेखापढी व्यवसायी संघ, काभ्रे रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २००००० र सिल्ड, मेडल, प्रमाण पत्र, द्वितिय पुरस्कार नगद रु १,००,००० र सिल्ड, मेडल, प्रमाण पत्र रहेको छ ।

त्यसैगरी विभिन्न विधागत पुरस्कारहरुमा उत्कृष्ट गोल रक्षक रु ५००० र सिल्ड, मेडल, प्रमाण पत्र, उत्कष्ट खेलाडी रु ५००० र सिल्ड, मेडल, प्रमाण पत्र, सर्वाधिक गोलकर्ता रु ५००० र सिल्ड, मेडल, प्रमाण पत्र, म्यान अफ दि म्याच रु २००० रहेको छ ।

फुटबल खेलको विकास, व्यवसायिक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउने उद्देश्यले हुने उक्त प्रतियोगिता धुलिखेल सामुदायिक खेलमैदान प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

Comments

comments