काठमाडौ । नेपाल तामाङ कलाकार संघको आयोजनामा दुईदिने ऐतिहासिक  ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ भव्य र सभ्य र उल्लास रुपमा शनिबार सम्पन्न भएको छ।

मंसिर २४ र २५ गते भएको महोत्सव पहिलो दिनका उद्घाटन पर्यटन संस्कृति तथा नागरिक उडान मन्त्री माननीय प्रेम अाले मगरको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियोे भने दोस्रो दिनको समापन कार्यक्रम प्रदेश ३ का समाजिक विकास मन्त्री माननीय कुमारी तामाङ गरेकी थिए।

तामाङ कलाकारहरु निकै उत्साहितका साथ तामाङ ड्रेसमा सजिएर महोत्सवमा ताम्वा, बोन्पो, झाँक्री लगायत विभिन्न संघ संस्थाको ब्यानर सहित बाैद्व परिक्रमा गरेर भएर होटल हायातको खुल्ला मैदानको कार्यक्रम स्थलमा प्रवेश गरेको थियो।

तामाङ समुदायको संस्कार र संस्कृति डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यका यो महोत्सवको आयोजना गरेको संघका अध्यक्षले बताएको छ।

कार्यक्रमको मूल आकर्षकका रुपमा ताम्बा संस्कृति रहनुका साथै मौलिक गीतहरुको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियोे ।

कार्यक्रममा समाज शास्त्र डा. मुक्त सि थोकर, भाषाविद् अमृत योञ्जनले तामाङ माैलिङ सेलो र डम्फू संस्कृति बारे चर्चा गरेका थिए।

महोत्सवमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ वरिष्ठ गायक रोज मोक्तान, वरिष्ठ गायक प्रेम लोप्चन,लगायतका अन्य थुप्रै कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु प्रस्तुत राखिएको थियोे।
कार्यक्रमको विशेष अतिथि प्रदेश ३ का उपासभामुख रधिका
तामाङ पुर्व राज्य मन्त्री सुर्यमान दोङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष अध्यक्ष टासी लामा लगायत विभिन्न संघ संस्थाको अतिथिहरुको सहभागीता थिए।

आयोजकले यस्तो महत्त्वपूर्ण कार्यक्रम निरन्तर गरि सिंगो तामाङको संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने जिम्मेवार कलाकार संघले लिने बताए।
उक्त दुईदिने महोत्सव तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङको सभापतित्वमा भएको कार्यक्रम संघका महासचिव रोशन फ्युवाले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो।

Comments

comments