सुनिता दोङ तामाङ

इराकको कुर्दिस्तान सुलेमानिमा आगामी शुक्रबार डिजे पार्टी कार्यक्रमको आयोजना गरिएको छ । नेपालीको लगानीमा संचालन गरिएको ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी बर्ष २०२२ को अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रम सुलेमानी सर्चनार स्थित ओस्कार हलमा ७ जनवरी २०२२ शुक्रबारका दिन गरिने आयोजकले जानकारी दिएको छ । नेपालीहरुले इराक स्थित कुर्दिस्तानमा होटल व्यवसाय र सुपर मार्केटहरु व्यक्तिगत लगानीमा लाइसेन्स लिएर संचालन गरेका छन् ।

कार्यक्रममा डिजे नरेश, डिजे मोक र भिगुरुङको टिमले मनोरञ्जन गराउने आयोजक नेपाली ‘रेष्टुरेन्ट एण्ड बार’ले जनाएको छ । नेपाली रेष्टुरेन्टलाई अन्य देश माझ चिनाउनको लागि पनि उक्त कार्यक्रम गरेको संचालक आर्यन मोक्तानले बताए ।

Comments

comments