काभ्रे जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य सांसद रत्न ढकाल वागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति भएका छन् । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेस सरकारको मन्त्रीपरिषद विस्तार गर्ने क्रममा ढकाललाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् ।

को हुन् ढकाल ?

नवनियुक्त मन्त्री ढकाल काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ५ पोखरी चौंरीका स्थायी बासिन्दा हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरुवात गरेका ढकाल काभ्रे जिल्लाको उदयमान युवा नेता सेमत हुन् । राजनैतिक वैचारिक हिसाबले काभ्रेकै अब्बल उनी विकासप्रेमी नेताको रुपमा समेत काभ्रेमा परिचित छन् ।

नेपालको शैक्षिक समस्यालाई वर्गीय वर्ग मुक्ति आन्दोलनसँग जोडेर अघि बढेको उनी तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा शुरुवातकालदेखि नै लागेका नेता हुन् । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने नेता मध्यमा पर्दछन् ।

राष्ट्रियताको पक्षमा भारतीय विस्तारवादको विरुद्ध लिपेलेक पुगेर हुँकार दिन सफल नेताको रुपमा ढकाललाई संसार भरि चिन्दछ । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएर ढकाले राष्ट्रिय स्वाधिनताको पक्षमा आफूलाई सधैं अग्रपंक्तिमा राखेको देखिन्छ ।

ढकालले नेपाली कांग्रेसका चन्द्रबहादुर लामालाई ७ हजार २ सय ६१ मत अन्तरमा पराजित गरेका थिए । उनले २५ हजार १ सय ६ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी लामाले १७ हजार ८ सय ५५ मत ल्याएका थिए ।

विद्यार्थी आन्दोलनमा ढकाल

नवनियुक्त मन्त्री ढकालले विद्यार्थी राजनीतिमै जीवनको महत्वपूर्ण समय विताएका छन् । तत्कालीन नेकपा (माओवादी) को भातृसंगन अनेरास्ववियू (क्रान्तिकारी)मा संगठन भई राजनीतिक जीवनको शुरुवात गरेका ढकाल प्रारम्भिक कमिटी देखि केन्द्रिय अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक बहन गरेका थिए ।

स्थानीय जागृति माविबाट ्अखिल क्रान्तिकारीको राजनीतिमा लागेका उनी विद्यालय शिक्षा सकेपछि कलेज पढ्न काठमाडौं छिरेका थिए । सोही क्रममा २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे ।

माओवादी जनयुद्धकालमा उपत्यका व्यूरोमा रहेर पार्टी काममा लागेका ढकाल २०६३ देखि ०६५ सम्म अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ देखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।

बेपत्ता, हिरासत र जेल जीवन

जनयुद्धको क्रममा ढकाल पटक पटक बेपत्ता, क्रूरतापूर्ण हिरासत र जेल समेत बस्न बाध्य भएका थिए । उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेको थियो । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।

त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार गरी ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थियो । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।

२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

काभ्रेको विकासमा ढकाल

प्रदेश सांसदमा निर्वाचित हुनु अघि उनले आफ्नो क्षेत्रलाई विकासील क्षेत्रको रुपमा अघि बढाउन विभिन्न योजनाहरु बनाएका थिए ।

सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै कोशीपारि सडकको स्तरोन्नती देखि कालपत्रे, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेको थियो ।

त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका थिए भने संस्कृतिक र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृंलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ । डाँडापारी क्षेत्रमा विद्युतिकरण गर्ने र त्यस्तै सुनकोशी जलविद्यूत परियोजना सञ्चालन गरि आफ्नो क्षेत्रमा कायपलट गर्ने ढकालको योजना थियो ।

उनले देखेका विकासका योजनाहरु सञ्चालनमा रहेको छ । आफ्नो निर्वाचत क्षेत्रमा यी कार्यहरु कहिं सम्पन्न भएको छ भने कहीं निरन्तर चलिरहेको छ । उनको विकास सम्बन्धि प्रयत्न र दूरदृष्टीका कारण स्थानीय जनता खुशी नै देखिन्छ ।

Comments

comments