भक्तपुर । गायक प्रकाश लामा र सुमिना लो को संयुक्त आवाजमा लर्ड बुद्ध इनटरनेशनल कन्स्ट्रक्शनको प्रस्तुती तामाङ प्रेम गीत सुटुक्क (भिडियो) सहित सार्वजनिकको तयारी पुरा भएको छ।

सुटुक्क गीतको भिडियो शुक्रबार सार्वजनिक गने तयारी रहेको गायकद्धय प्रकाश लामाले जानकारी तेमाल अनलाइनलाई दिएका हुन् ।

गीतमा चलचित्र जगतका तामाङ मेगा स्टार चर्चित नायक कुमार मोक्तान र पुर्णिामा थोकर र अर्मन दोङले अभिनय गरेका छन् ।

बिलकुलै प्रेमसंग सम्बन्धित रहेको गीतकार कुमार मोक्तान रहेको शब्दमा संगीत जोगलाल लामाको रहेको छ । युवा गायक प्रकाश लामा र गायिका सुमिना लो को सुमधुर आवाज रहेको यस गीतको एरेन्ज चांद सिंले गरेका हुन । गीतको मिक्सिङ भने दिपेश प्रदानले गरेका हुन् ।

गायक प्रकाश लामाले यस अघि तामाङ चलचित्र दोर्जे डन ब्याक अगेनमा ङ्होईला एदा अर्थात बोलाउंछु तिमिलाई बोलको गीतमा आफ्नो आवाज भरिसकेका छन् । तामाङ चलचित्रमा गीत गाईसकेका गायकद्धय प्रकाश लामाले यस गीतमा दोस्रो पटक आफ्नो आवाजमा गीत रेकर्ड गरेका हुन् ।

म्युजिक भिडियो क्षेत्रमा निकै व्यस्त गायक तथा निर्देशक उर्गेन दोङ र बिकास प्रसाईको संयुक्त निर्देशनमा यस म्युजिक भिडियो बनेको हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।