नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, काभ्रे पूर्वी शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन विहिबार बनेपामा सम्पन्न भएको हो ।

अधिवेशनले यज्ञप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टककुमार श्रेष्ठ, सचिवमा राजेश मानन्धर, सह–सचिवमा वेलबहादुर महत, कोषाध्यक्षमा विजय अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा हरिकृष्ण मानन्धर, सुनिल सापकोटा, बासुकुमार थापा, माया श्रेष्ठ र निवर्तमान विकास शर्मा तिमल्सिना रहेका छन् ।

Comments

comments