भक्तपुर  । युवा गायक तथा संगीतकार दुतराज स्याङतानको बिल्कुलै नयाँ तामाङ प्रेमगीत आई लभ यु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

ह्याङला टिभीको प्रस्तुतीमा निर्माण गरेका गीतलाई अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा एक विशेष पत्रकार सम्मेलन ह्याङला तोङमा स्टेशन सुर्यविनायक भक्तपुरमा आयोजना गरि उक्त गीतलाई बजारमा ल्याएको हो।

यस गीतमा शब्द रहेको छ चर्चित गीतकार कुमार स्याङ्वाको भने संगीत दुधराज लामाको रहेको छ भने संगीतकारद्धय दुतराज लामा र चर्चित गायिका जितु लोप्चानको सुमधुर आवाज रहेको छ ।

गीतको भिडियो तर्फ भने विबेक लामाले निर्देशन र छायंकन गरेका हुन् । पछिल्ला समयमा निरन्तर रुपमा म्युजिक भिडियोमा सशक्त रुपमा लागेका मोडल लक्पा लामा र पुर्णिमा लामा थोकरको अभिनय रहेका छन् ।भने तामाङ गीत आई लभ यु हयाङ्ला टिभिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा र युवा संघ नेपालकै केन्द्रिय नेता राकेश लामा ब्लोन बिशेष अतिथिको रुपमा रहेका थिए भने अतिथिहरु मोटिभेसनल स्पिकर बिकास देव योन्जन लगायत तामाङ समुदायका अन्य कलाकारहरु रहेका थिए ।

गीतको भिडियो तर्फ भने विबेक लामाले निर्देशन र छायंकन गरेका हुन् । पछिल्ला समयमा निरन्तर रुपमा म्युजिक भिडियोमा सशक्त रुपमा लागेका मोडल लक्पा लामा र पुर्णिमा लामा थोकरको संयुक्त अभिनय रहेको तामाङ गीत आई लभ यु हयाङ्ला टिभि मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रम दुतराज स्याङतानको सभापतित्वमा सम्पन्न कार्यक्रम सुदिन लामाले सञ्चालन गरेका थिए।

Comments

comments