भक्तपुर ।युवा गायक कान्छ रिदमको नयाँ तामाङ प्रेमगीत”खालाङ निसे दरेम”सार्वजनिक भएको छ।

माया गरेको आफ्नो जोडी बीच अब हामी कहाँ जाने? हाम्रो मायाको छुट्टै संसार बनाैं, अब हामीले हाम्रो मायालाई भुल्नु हुदैन ।यो संसारमा हामी एक उदाहरणीय बनाएर अगाडि बढ्नुपर्छ भनेर बाचा गरेका छन् ।

हुनत मायामा घात प्रतिघात गर्नु हुंदैन तर पनि कयौं जोडिहरुले पवित्र मायामाथी बिश्वासघात गरेको पनि पाईन्छ । तर गीतले भनेको छ मायामा घात नगरौं बिश्वास र यो माया प्रती कहिले पनि घात नगरौ भन्ने सन्देश दिन खोजेको छ ।

प्रशान्त तामाङ वाइवाको शब्द संगीत बुद्ध स्याङबाको रहेको गीतमा गायक कान्छ रिदम र चर्चित गायिका निर्मला घिसिङको सुमधुर स्वर रहेका छन् ।

एरेञ्ज बुद्ध स्याङबाको रहेको गीतलाई ढिकि गुरुङले मिक्सिङ गरेका हुन् । यस गीतलाई डम्फू मिडियाको अफिसियल च्यानलबाट बजारमा ल्याएको हो।

Comments

comments