भक्तपुर ।गायक तथा संगीतकार जगत घिसिङको “शैलुङ पुर्णेला” बोलको गीत सार्वजनिक भएको छ।

राष्ट्रिय तामाङ घेदुङको अध्यक्ष वीर बहादुर योञ्जनको प्रमुख आतिथ्यतामा माउन्टेन मल्टिपल कन्सल्टेन्सी सुर्यवानियक भक्तपुरमा एक पत्रकार सम्मेलन गरि बजारमा ल्याएको हो।

शब्द जगत घिसिङको संगीत सानुबाबु घिसिङको रहेको गीत जगत घिसिङ र सुजाता योञ्जनको सुमधुर स्वर रहेको छ।

युवा निर्देशक प्रतीक ङ्यसुरको निर्देशनमा चर्चित मोडल निरञ्जली, लाक्पा लामाको मुख्य भुमिका निर्वाह गरेका छन् भने सुनिता योञ्जन र ज्ञानदास तामाङले साथ दिएको छ।

भिडियोको छायांकन र ड्रोनमा बज्र लामा रहेको थियोे भने इडिट त्रिलोक लामाले गरेको हो।

कार्यक्रम विशेष अतिथि राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल,अतिथिमा विकल्प घिसिङ, गीतकार कुमार स्याङवा,विकास देव योञ्जन लगायतका अतिथहरु उपस्थिति रहेको थियोे ।

गायक तथा संगीतकार जगत घिसिङ सभापतित्वमा भएको कार्यक्रम सुदिन दोङले सञ्चालन गरेको थियो। भनेे यस जिग्मे मिडियाको अफिसियल च्यानलबाट बजारमा ल्याएको हो।

भिडियो हेर्नुस्

Comments

comments