भक्तपुर । तामाङ चलचित्रको चर्चित नायक जंगे लोप्चनद्वारा निर्देशन गरेको म्युजिक भिडियो गीत “फतौरि कान्छी ”बोलको गीत बजारमा सार्वजनिक छ।
लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको शब्द,संगीत रहेको गीतमा गायक विशाल काल्तन र जितु लोप्चनले सुमधुर आवाज भरेका छन् ।
गीतको एरेन्ज चाँद सिंहले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ।गीतको भिडियो गीतकार विजय तामाङको विशेष पहलमा निर्माण गरिएको हो।
यस गीत भिडियोमा भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुले निकै सशक्त अभिनय गरेका छन्।
यो भिडियो भित्र विदेशी भुमि कतारको बिभिन्न रमणीय ठाउँहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।गीतलाई अंग्रेजि नयां बर्ष २०२२ को अवसर पारेर रिलिज गरेको गीतको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो ।
समीर तामाङ र सम्झना तामाङको प्रस्तुति रहेक फताैररी कान्छी गीत म्युजिक मिडिया नेपालको अफिसियल च्यानलबाट बजारमा ल्याएको हो।
गायक बिशाल काल्तानको अर्को ” गादे जेबा छामे ” बोलको नयाँ गीत पनि केहि दिन पछि म्युजिक भिडियोका साथ गायक तथा संगीतकार विशाल काल्तान च्यानलबाट आउने गायक काल्तानले तेमाल अनलाइनलाई बताएका छन् ।
भिडियो हेर्नुस्

























