माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ, रोशी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । महासंघको सम्मेलन आज शनिबार सम्पन्न भएको हो ।
सम्मेलनले दोर्जे लामाको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सुनिल लामा, सचिबमा बुध्द लामा, कोषाध्यक्षमा . सम्झना लामा चयन भएका छन् । सदस्यहरुमा गंगा बहादुर पुलामी मगर, राजेश तामाङ, नबिन कायस्थ, दयराम श्रेष्ठ, पञ्चलाल तामाङ, सरोज तामाङ, सुकुलाल लामा, भिमराज तामाङ, मनोज लामा, विजय लामा, राजुन लामा, रमेश बि.क., भुबन रेग्मी मगर, शंख लामा, अजय लामा, संग्राम लामा रहेका छन् ।
कार्यक्रम पूर्व मन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेशमान पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य .मिम ब. वाईवा (ज्वाला), दैबलाल घिसिङ (अनुशिल) अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सचिबलय सदस्य मनबीर लामा, माओवादी केन्द्र रोशी गाउँपालिका उपध्यक्ष तथा अखिल नेपाल खेलकुद महांसघ प्रदेश सदस्य नर बहादुर वाईवा (कञ्चन), अतिथि .अखिल नेपाल खेलकुद महासंघ प्रदेश सदस्यहरु कुमार वाईवा, हिरा लामा, ग्यम्जो लामा, बिबेक लामा, वडा अध्यक्ष तिर्थ लामा लगायतका रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























