भक्तपुर । तामाङ समुदायको पहिचान मुलक राष्ट्रिय साँस्कृतिक पर्व २८५८औं  च्यान (ताक) ल्हो सोनाम ल्छोछार नजिकिँदै गर्दा गायक तथा संगीतकार अभिषेक तामाङले “ल्होछार ला ज्याबाडान्वा”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

देशको कुना बस्ती बस्तीहरुमा आम तामाङ जातिहरु आफ्नो राष्ट्रिय चाडपर्व उत्सव पुर्वक मनाउने तयारीमा जुटिरहेका बेला युवा गायक तथा संगीतकार अभिषेक तामाङले दर्शकहरुको रुचिमा रहेको गीत “ल्होछारला ज्याबाडान्वा” गीतलाई ल्होछारको पर्व सन्ध्यामा बजारमा ल्याएका छन् ।

चर्चित गीतकार कुमार स्याङबाको शब्दमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुुमार दोङको संगीत रहेको छ भने युवा गायक अभिशेक तामाङ र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ सुमधुर आवाज रहेका छन् ।

गीतको म्युजिक भिडियोमा मेगा स्टार चर्चित नायक कुमार मोक्तान नायक सागर घिसिङ र मोडल लाक्पा लामा, नायिका चाँदनी मोक्तान, अनिता गोले,याङगी दोङ, र पुर्णिामा थोकरले निकै सशक्त अभिनय गरेका छन् ।भने अतिथि कलाकारमा वरिष्ठ गायक चन्द्रकुमार दोङले भिडियोमा भुमिका निर्वाह गरेका छन् ।

भिडियोको निर्देशन तथा कोरियाग्राफी प्रतीक ङ्यसुरले गरेको भिडियोको विक्रम मोक्तानले छायांकन र इडिट गरेका थिए।
यो भिडियो गायक तथा संगीतकार अभिषेक तामाङको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो हेर्नुहाेस्:

Comments

comments