काठमाडौं । तामाङ प्रेमगीत “टिउ ह्या रानी”बोलको गीतका म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

उक्त गीत तामाङ चलचित्र संघका अध्यक्ष तथा मेगा स्टार कुमार मोक्तानको प्रमुख अतिथ्यतमा एक विशेष पत्रकार सम्मेलनको अायोजना गरि बाैद्व जोरपाटी काठमाडौंबाट बजारमा ल्याएको हो।

गीतकार धिरज लोप्चनको शब्द च्वायास दोङको संगीत रहेको गीतमा युवा गायक सन्तोष गोले र चर्चित गायिका जितु लोप्चनको स्वर रहेका छन् ।

महानायक तथा निर्देशक अमिर दोङद्वारा निर्देशित गरेको
भिडियोमा महा नायक तथा निर्देशक अमिर दोङ,चर्चित नायिका सुस्म मोक्तान र टिकाराज लामाले भिडियोमा अभिनय गरेका छन् ।

गीतको एरेञ्ज तथा मिक्सिङ दिपेन्द्र प्रधानले गरेको हो भने भिडियो तर्फ छायांकन, ड्रोन र कलर बज्र लामाले भुमिका निर्वाह गरेको हो।

उक्त पत्रकार सम्मेलनमा विशेष अतिथि एभरेष्ट होमकी अध्यक्ष तथा चर्चित नायिका रन्जिता ब्लोन, मिसन समृद्ध नेपालको महासचिव तथा पत्रकार मिलन लामा, नायक टुल्साङ मोक्तान तथा विभिन्न क्षेत्रका अतिथि, कलाकार तथा पत्रकारहरु उपस्थिति रहेको थियोे ।

चर्चित नायक तथा निर्देशक अमिर दोङक‍ो सभापतित्वमा भएको पत्रकार सम्मेलनललाई युवा पत्रकार छेटुप दोङले सञ्चालन गरेका थिए।भने यस गीत डम्फू मिडियाको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस्।

Comments

comments