समाजसेवी एवं माओवादी केन्द्रका युवा नेता श्रीराम थापालेले खानीखोला गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरेका छन् । काभ्रे जिल्ला धुलिखेल नगरपालिका—४ निवासी थापाले मंगलबार एक कार्यक्रमका बीच खेलकुद सामाग्री सहयोग गरेका हुन् ।
योङ कम्युनिष्ट लिग, नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले व्यक्तिगत रुपमा खानीखोला—१ स्थित् जनशक्ति युवा क्लबका खेलाडीहरुलाई भलिवल ११ थान, भलिबल नेट २ र पम्प २ थान सहयोग गरेका छन् ।
उनले यसअघि सोही गाउँपालिका वडा नम्बर ४ स्थित् रहेको खुशी समाज युवा क्लवसँगै वडा नम्बर १ र २ का भलिवल खेलाडीलाई एक।एक सेट जर्सी, फुटवल, भलिवल सहयोग गरेका थिए ।
समाजसेवी थापाले विकट क्षेत्रका युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको बताए ।
उनले विकट खानिखोलाका सबै वडामा खेलकुद सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘केही दिनपछि खेलकुद सामाग्री खानिखोलाका बाँकी वडालाई पनि सहयोग गर्नेछु ।’
त्यस्तै उनले आगामी दिनमा विभिन्न क्षेत्रमा आफुले सक्ने हरेक खालको सहयोग निरन्तर गर्ने बताए । ‘विगतमा म पनि खेलाडी थिएँ, तर हाम्रो पालामा यस्तो सहयोग कहीँ कतैबाट आउने गरेको थिएन,’ उनले भने, ‘खेलाडीहरुलाई सहयोग गर्न पाउँदा धेरै खुशी लागेको छ ।’
सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशील) आफ्नो गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरेकोमा थापालाई धन्यवाद दिंदै खेलाडीहरुको सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खेलकुद सामाग्री क्लवका सुरेश थिङ, दिपेश गोले लगायतलाई हस्तान्तरण गरिएको थियो ।
थापाले कोरोना भाइरस (कोभिड—१९)को महामारीका बेला खानिखोला गाउँपालिकालाई माक्स लगायतका स्वास्थ्य सामाग्री समेत सहयोग गरेका थिए ।
माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले खेलकुद सामाग्री उपलब्ध गराउने थापालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य घिसिङसँगै गाउँकमिटी अध्यक्ष अविरल जिम्बा, माओवादी केन्द्रका नेताहरु सुन्तली थिङ, सृजना थिङ, राजन अधिकारी, सागर जिम्वा, प्रेम घलान, सलन मगर लगायतका सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























