सुनिता दोङ तामाङ

वैदेशिक रोजगारको शिलशिलामा इराक पुगेका नेपालीहरुले सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ । तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५८ च्यान ल्हो(बाघ वर्ग)सोनाम ल्होछारको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउने भएको हो ।

‘तामाङ समुदायको मौलिक भाषा, धर्म, कला र संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने’ उदेश्यले यहीँ आउँदो फ्रेबुअरी महिनाको ४ तारीखको दिन सोनाम ल्होछार बृहत साँस्कृति कार्यक्रम’ आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाल तामाङ घेदुङ इराकका वरिष्ठ उपाध्यक्ष राजु थोकर तामाङले जानकारी दिएका छन् ।

थोकरका अनुसार कार्यक्रम अक्वा पार्क हल, सख्रा सुलमानीमा हुने भएको छ । विहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उक्त कार्यक्रममा इराकलाई कर्मथलो बनाएर बसिरहेका तमाम तामाङ दाजुभाई तथा दिदीबहिनीहरु, गैर तामाङ लगायत सम्पूणर् ल्होछार प्रेमीहरुमा सहभागी भईदिनु हुन समेत उनले अपिल गरेका छन् ।

Comments

comments