भक्तपुर ।निकै लोकप्रिय गायक तथा संगीतकार निमा दोङको “नेसि मुसुक्क”मा चर्चित नायक सागर घिसिङ र सम्झना लामाको निकै मार्मिक ढंगले अभिनय गरेका छन् ।
मायाको पहिलो सुरुवात मुसुक्क हाँसाइबाट भएको हुन्छ त्यसैले गीतको बोल नै नेसि मुसुक्क अर्थात् (हाँसेर मुसुक्क) रहेको छ।यो
गीतमा बाल्यकालको उमेरमा खेलेको सम्झना र उमेर ठुलो भएपछि गाँसिएको माया प्रेमसंग सम्बन्धित रहेको छन् ।
भिडियोमा माया प्रेम र स्नेहलाई निकै मार्मिक र रोचक रुपले प्रस्तुत गरेको पाइन्छ ।
शब्द, संगीत गायक निमा दोङको रहेको गीतमा गायक अाफै र गायिका जितु लोप्चनको सुमधुर स्वर रहेको छ।गीतको एरेञ्ज चाँद सि ले गरेको थियो भने मिक्सिङ गोविन्द सोनील गरेको हो।
भिडियो तर्फ निर्देशक इडिट र कोरियाग्राफी चर्चित निर्देशक अजय स्याङतानले गरेको भिडियो छायांकन चक्र महर्जनले गरेका थिए।भने राजेन्द्र मोक्तानले भिडियोमा कलर गरेको हो।
भिडियोमा निस्तेज तामाङ रिजन तामाङ अञ्जु तामाङले पनि अभिनयमा साथ दिएका छन् ।भने भिडियोमा ऐतिहासिक तेमालको रमाणीय र एकदमै महत्त्वपूर्ण स्थलहरु छायांकनमा गरेको हो।
तेमालमा अवस्थित गरु रेम्पोर्छेले तपस्या गरेको पवित्र तोङसुम कुण्ड गुफा लगायतका अन्य दृश्यहरुलाई भिडियोमा अवलोकन गर्ने सकिनेछ ।
उक्त भिडियो गायिका पुजा तामाङको अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस्।

























